लागुऔषधसहित डाक्टरलाई पक्राउ

कास्की प्रहरीले लागुऔषधसहित एक डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ४, गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला छन् । 

प्रहरीले कोइरालालाई गत कात्तिक ९ गते पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार पोखरा–१२ स्थित परिवार नियोजनको कार्यालयअगाडि चेकजाँचको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा लागुऔषध ओपोट्याबसहित पक्राउ गरिएको हो । उनको साथबाट ओपोट्याब ५० र तपेन्टाडोल ४०० ट्याब्लेट फेला पारेको थियो ।

उनको घरमा पनि खानतलासी गर्दा थप १६० चक्की लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।