फिल्म ‘शाम्बाला’ अन्तर्राष्ट्रिय अवार्ड

मिन भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले फेरि नयाँ अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। टर्कीको १२ औं बोसफोरस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक भामले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे।

त्यसैगरि, फिल्मकी मुख्य अभिनेत्री थिन्ले ल्हामोले पनि फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। यसअघि थिन्लेले लोकार्नोमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन्।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन र कार्मको मुख्य भूमिका छ। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ।फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्। भदौ २८ गतेबाट रिलिज भएको यो फिल्म नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्सका हलमा प्रदर्शनरत छ।