काठमाडौँबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको हल्ला मात्रै

काठमाडौँबाट नयाँ दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना हल्ला मात्रै रहेको पुष्टि भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले नेपाल आर्मीको सर्च अपरेसनपछि जहाजमा बम नभेटिएको जानकारी दिए । बम राखेको सूचना गलत भएपछि दिल्ली उडानका लागि रिलिज गरिएको उनले बताए।दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएपछि सर्च गरिएको थियो । 

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।