पिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

 जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बुद्धभुमि नगरपालिका–६ महुवाका ३० वर्षीय रामप्रसाद कोरी रहेको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । कोरीलाई बुद्धभुमि नगरपालिका ६ महुवाबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।  कर्तव्य ज्यान मुद्दाका कोरीलाई कपिलबस्तु जिल्ला अदालतले २०८० जेठ १ गते २० वर्ष कैद फैसला सुनाएको थियो ।

राम प्रसाद र सुख्खन कोरीले २०६९ चैत १० गते साविक महुवा गाविस वडा नं. ४ हाल बुद्धभुमि नगरपालिका ६ लक्ष्मीपुरकी २५ वर्षीय मान्ती कोरीलाई लाठी तथा धारिलो हतियारले घाटी तथा गर्धनको भागमा प्रहार गरी कर्तव्य गरी मारी फरार रहेको प्रहरीले जनाएको छ ।

सुख्खनलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो । पक्राउ परेका राम प्रसादलाई आजै नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।