काठमाडौंबाट दिल्ली उड्न लागेको जहाजमा बम रहेको सुचना
काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।
सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालिएको छ । उनका अनुसार उक्त विमान ३ बजेर ५५ मिनेटमा १६९ जना यात्रु लिएर दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए ।
यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थियो ।
प्रतिक्रिया