वडा अध्यक्ष ओलीविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा

वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा

 झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीलाई जग्गा पास र लेनदेन सिफारिसका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु।८०,००० सहित नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार ओलीले वडा कार्यालयमा जग्गा पास गर्नका लागि लिएको सहमति कार्यान्वयन गर्न घुस माग गरेको पुष्टि भएको छ।उक्त घटनासँग सम्बन्धित अनुसन्धानपछि ओलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो रु।८०,००० कायम गरी विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाए अनुसार ओलीमाथि बिगो बराबरको जरिवानासहित कैद सजायको माग गरिएको छ।