पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौं : भीम रावल

 नेकपा एमाले नेता भीम रावलले पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न आग्रह गरेका छन्।

पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोधेपछि नेता रावलले यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन्।

तानाशाही शैलीमा जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोध्ने र धम्क्याउने लगत कार्य गरेको बताउँदै उनले यसको विरोधमा उत्रिन आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एमालेको जबज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं।'