प्रधानमन्त्री ओलीकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने तालिका रद्द

अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने तालिका रद्द गरेका छन्। 

समितिले प्रधानमन्त्रीको समय लिएरै बैठक आजका लागि राखेको थियो। 

आइतबारलाई तय भएको समितिको बैठक प्रधानमन्त्रीको समय अनुकुल सोमबारलाई सारिएको सभापति रामहरि खतिवडाले जानकारी दिए। 

प्रधामन्त्री ओलीले पठाएको सन्देश उल्लेख गर्दै खतिवडाले भने,  ‘मुख्यसचिव अस्वस्थ हुनुभएकाले आउन नसक्ने मेसेज पठाउनुभयो उहाले  गृहमन्त्रीलाई बैठकमा पठाउँछु भन्नुभएको छ । अब गृहमन्त्री रमेश लेखक आउनुहुन्छ बैठकमा ।’ 

बैठक मध्यान्ह सवा १२ बजे बस्दैछ।  

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।