घट्यो आईफोन १५ सिरिजको मूल्य

 नेपालमा आईफोन १६ सिरिज सार्वजनिक भएको केही समयमै आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्मले घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट अन्तर्गतका विक्रेताले आईफोन १५ को मूल्य घटाएका हुन् । 

यसअन्तर्गत आईफोन १५ मोडेलको मूल्य आठ हजार ३०१ देखि २२ हजार ६०० रुपैयाँले घटेको छ । खासगरी आईफोन १५ र आईफोन १५ प्लसमा भारी छुट दिएको देखिन्छ । 

नेपालमा आईफोन १५ अन्तर्गत १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भेरियन्ट उपलब्ध छ । यी भेरियन्टमा क्रमशः २२ हजार ३००, २२ हजार ३०० र २२ हजार ६०० रुपैयाँ छुट दिइएको छ । 

त्यसैगरी आईफोन १६ प्लसको १२८ जीबी भेरियन्टमा १६ हजार ८००, २५६ जीबी भेरियन्टमा २२ हजार ५०० र ५१२ जीबी भेरियन्टमा २२ हजार ७०० रुपैयाँ छुट दिइएको छ । 

त्यसैगरी आईफोन १५ प्रोको १२८ जीबी र २५६ जीबी भेरियन्टमा आठ हजार २०१ रुपैयाँ छुट दिइएको छ । त्यसका साथै आईफोन १५ प्रोको १ टीबी भर्सनमा कम्पनीले आठ हजार ६०१ रुपैयाँ छुट दिएको छ । 

आईफोन १५ प्रो म्याक्स मोडेल अन्तर्गत कम्पनीले १ टीबी भर्सनमा सबैभन्दा बढी अर्थात् आठ हजार ६०१ रुपैयाँ छुट दिएको छ । त्यसैगरी ५१२ जीबी भेरियन्टमा आठ हजार ४०१ र २५६ जीबी भेरियन्टमा आठ हजार ३०१ रुपैयाँ छुट दिएको छ । 

यस्तो छ आईफोन १५ सिरिजका विभिन्न मोडेलको पुरानो र नयाँ मूल्य !

 

मोडेल

अघिल्लो मूल्य (रु)

नयाँ मूल्य (रु)

छुट (रु)

आईफोन १५ (128 GB)

१,५७,५००

१,३५,२००

२२,३००

आईफोन १५ (256 GB)

१,७६,५००

१,५४,२००

२२,३००

आईफोन १५ (512 GB)

२,१४,५००

१,९१,९००

२२,६००

आईफोन १५ प्लस (128 GB)

१,७१,०००

१,५४,२००

१६,८००

आईफोन १५ प्लस (256 GB)

१,९५,५००

१,७३,०००

२२,५००

आईफोन १५ प्लस (512 GB)

२,३३,५००

२,१०,८००

२२,७००

आईफोन १५ प्रो (128 GB)

१,७६,५००

१,६८,२९९

८,२०१

आईफोन १५ प्रो (256 GB)

१,९५,४००

१,८७,१९९

८,२०१

आईफोन १५ प्रो (512 GB)

२,३३,२००

२,२४,७९९

८,४०१

आईफोन १५ प्रो (1 TB)

२,७०,९००

२,६२,२९९

८,६०१

आईफोन १५ प्रो म्याक्स (256 GB)

२,१४,३००

२,०५,९९९

८,३०१

आईफोन १५ प्रो म्याक्स (512 GB)

२,५२,१००

२,४३,६९९

८,४०१

आईफोन १५ प्रो म्याक्स (1 TB)

२,८९,९००

२,८१,२९९

८,६०१