तिहारमा लोडसेडिङ हुँदैन : कुलमान

 पहिलो कार्यकालमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएर चर्चा पाए।

२०७३ सालको तिहारमा विद्युत प्राधिकरणले सबैलाई झिलिमिलि बत्ती बाल्न आग्रह गर्‍यो । उक्त दिन झ्याप झ्याप जाने बत्ती गएन । घिसिङले लक्ष्मी पुजाका दिन सबैभन्दा धेरै लोड हुने भन्दै लोडसेडिङ अन्त्यको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको थियो ।

अहिले भने परिस्थिति फरक भएको छ । अहिले लाइटिङ लोडभन्दा औद्योगिक लोड धेरै छ । पहिले बिजुली बत्ती बाल्नका लागि प्रयोग गरिन्थ्यो । अहिले औद्योगिक लोड धेरै छ । सोही कारण चाडपर्वहरुमा उद्योग बन्द हुँदा प्राधिकरणका अनुसार लोड घट्ने गर्छ । 
असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ  । जडित क्षमता ३१०० मेगावाट पुगेको छ । अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्छ ।

हिउँदमा नदी प्रवाही आयोजनाको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । गएको हिउँदमा ६०० मेगावाटसम्म आयात गरेर व्यवस्थापन गरिएको थियो । यो हिउँदमा जलविद्युत् आयोजनाहरुमा क्षति पुगेका कारण थप आयात गर्नुपर्छ । उद्योगीहरुले थप बिजुली कटौतीको समस्या खेप्नुपर्ने भएको छ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पुजामा बत्ती जाने नजाने बताउँछन् ।