लसुनका अनगिन्ती फाइदाहरू

अङ्कुरित लसुन स्वास्थ्यका लागि धेरै बढी फाइदाजनक छ । सामान्य रूपले नियमित लसुन सेवनले मुटुको रोग, कोलेस्ट्रोल, उच्च रक्तचाप, क्यान्सर, विभिन्न सङ्क्रमण आदि रोगबाट जोगिन सघाउँछ ।

जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रिमा प्रकाशित एउटा अध्ययन अनुसार लसुनको दाँजोमा अङ्कुरित लसुनले विभिन्न रोगसँग लड्न बढी सघाउँछ ।

क्यान्सर : अङ्कुरित लसुनमा फाइटो केमिकल हुन्छ । जसले शरीरमा क्यान्सरको सेल्स बढ्नबाट रोक्छ र क्यान्सरको खतराबाट टाढा राख्न मद्दत गर्छ ।

स्वस्थ मुटु : अङ्कुरित लसुनमा एन्टिअक्सिडेन्ट तत्व प्रशस्त मात्रामा हुन्छ । जसले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

स्ट्रोक : अङ्कुरित लसुनमा एंन्जोन प्रशस्त मात्रामा हुन्छ जसले शरीरमा रगत जम्नबाट रोक्छ । र स्ट्रोकको खतराबाट मुक्ति मिल्छ ।

सुन्दर त्वचा :अङ्कुरित लसुनको सेवनले त्वचालाई सुन्दर बनाउनुका साथै चाउरीपनाबाट रोक्छ ।

रोगप्रतिरोध क्षमता : अङ्कुरित लसुनमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकोले यसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमताको बृद्धि गर्न मद्दत गर्छ ।

ब्याक्टेरियाबाट बचाउँछ : अङ्कुरित लसुनको सेवनले भाइरल इन्फेक्सन तथा ब्याक्टेरियाबाट बचाउँछ ।

ब्लडप्रेशर :  यसको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्नुका साथै ब्लडप्रेशर सम्बन्धी समस्याबाट टाढा राख्छ ।

पाचनशक्ति : अङ्कुरित लसुनको नियमित सेवन गर्नाले शरीरमा पाचनशक्ति बढाउँछ र खाना पचाउन मद्दत गर्छ । साथै यसले ग्यास्ट्रिक हुन बाट पनि बचाउँछ ।

कब्जियत : यसको नियमित सेवनले कब्जियत जस्ता समस्या निको हुन्छ ।