विवादपछि रोकिएको नेपाल–भारत खेल सुरू, भारत विरुद्ध नेपालकाे पहिलो गोल

 साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपालले भारत विरुद्ध पहिलो गोल गरेको छ । को पोष्टमा भारतले पहिलो गोल गरेको छ । खेलको दोस्रो हाफमा नेपालकी   सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

दशरथ रङ्गशालामा जारी खेलमा नेपालले गोल फर्काएको हो । यसअघि दोस्रो हाफमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन् । भारतले गोल गरे लगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोष्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता दिएको थिएन । खेल १-१ गोलको बराबरीमा चलिरहेको छ।

खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको छ ।