नेपालकी फरवार्ड रेखा पौडेललाइ दोहोरो पहेँलो कार्ड

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध नेपाल १० खेलाडीमा समेटिएको छ।

खेलको ५० औँ मिनेटमा नेपाल १० खेलाडीमा सिमित भएको हो। नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिर छाडिन्। दुई पहेँलो कार्ड पाएपछि उक्त खेलाडीलाई रेड कार्ड दिइन्छ। 

नेपाल १० खेलाडीमा सीमित भएपछि समर्थकले अभद्र व्यवहार देखाएपछि खेल केहीबेर रोकिएको छ।  खेलको दोस्रो हाफ जारी रहँदा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेका छैनन्।