फिल्म ‘महापुरुष’ कात्तिक १५ मा युट्युबमा आउने

 हल हुँदै ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको चलचित्र ‘महापुरुष’ अब युट्युबमा आउने भएको छ । बक्स अफिसमा सुपरहिट यस चलचित्र १५ कात्तिकमा युट्युबमा आउने चलचित्र निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

हल र ओटीटीमा चलचित्र हेर्न नगएका दर्शकले यस फिल्म केन्द्र मोसन फिक्चर्स नामक युट्युब च्यानलमा हेर्न सक्नेछन् । यसअघि यो चलचित्र सिनेमाघर, एमएसएम  भिडिओ जस्ता ओटीटीमा आइसकेको थियो ।

निर्देशक भट्टराईकै लेखन रहेको भएको चलचित्रमा महजोडी हरिवश आचार्य र मदनकृष्ण आचार्यसँगै राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय रहेको छ ।