भारतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

 साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार (आज) साँझ ६ः३० बजे नेपालले भारतको सामना गर्दैछ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले श्रीलंकाविरुद्ध खेलेको सुरुआती ११ मा एक खेलाडी परिवर्तन गरेका छन्। उनले मिडफिल्डर सरु लिम्बूको स्थानमा रक्षक पूजा रानालाई मौका दिएका छन्।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्समाथि ११–० को फराकिलो जित हासिल गरेको थियो।  तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो।

नेपालको सुरुआती–११
अन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), विमला बिक, पूजा राना, रेनुका नगरकोटे, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी