चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चाइना कम्पनीलाई

नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन कम्पनीलाई दिएको छ । 

सबैभन्दा कम मूल्य बोलकबोल गरेका आधारमा उक्त चिनियाँ कम्पनीलाई नयाँ नोट छाप्ने जिम्मा दिइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले ८९ लाख ९६ हजार ५२९ अमेरिकी डलर (करिब १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ) नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।