म्याद सकिएको थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौँमै अवतरण गर्न अनुमति

नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौँमै अवतरण गर्न अनुमति दिइएको छ ।

झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थलले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौँमा अवतरण अनुमति दिइएको बताएको छ ।