सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ कात्तिक : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरको निधनप्रति दुःख व्यक्त गर्नुर्भएको छ । 

ललितादेवीको ९६ वर्षको उमेरमा यही कात्तिक १० गते डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा पार्टी तथा आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।