साताको पहिलो दिन नेप्से; ९.१९ अंकले घट्यो , ४ अर्ब ७३ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेको छ । आज दुई हजार ६१७.९५ अंकमा झरेर बजार बन्द भयो ।

यसदिन १४१ कम्पनीको शेयर घट्दा ९१ कम्पनीको शेयर भने बढेको छ । ५ वटा उपसमूहको शेयरमूल्य बढ्दा ८ वटाको भने घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माईखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने समृद्धि फाइनान्स र कालिञ्चोक दर्शनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

यसदिन ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर कारोबार भएको छ