रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियाे

रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । 

लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।