तीन महिनामा भित्रिए २५१८ विद्युतीय कार

 चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युतीय पेसेन्जर भेहिकलको आयात उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्मको अवधिमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरका २५ सय १८ वटा कार नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३८३ ले बढी हो । गत आवको पहिलो तीन महिनामा ५ अर्ब १७ करोड रुपैयाँका २१ सय ३५ वटा इलेक्ट्रिक कार भित्रिएका थिए ।

यस वर्ष डिजेल/पेट्रोल (आईसीई) कारको आयातमा भने भारी गिरावट आएको छ । विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा ७९ लाख ५३ हजार रुपैयाँका ३ वटा मात्रै आईसीई कार भित्रिएका छन् । 

गत वर्ष यस अवधिमा ३२ करोड २२ लाख रुपैयाँको १४५ वटा आईसीई कार आयात भएको थियो ।