सैनिक जवान पेस्तोलसहित पक्राउ

 काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७  घर भएका २४ वर्षीय अनिल खड्का छन् ।खड्का सेनाका जवान हुन् । उनी खड्ग दल गण रामेछापमा कार्यरत रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

उनलाई अस्थायी प्रहरी बिट रानीवनबाट खटिएका असई डिलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ताले बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।