खुकुरी प्रहार गरि छिमेकीकाे हत्या

सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ।

सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुरको हत्या गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए।

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएका प्रहरीले हत्यामा संलग्न दुर्गामायालाई नियन्त्रणमा लिइसकेको छ।

उनको साथबाट खुकुरी पनि प्रहरीले बरामद गरेको जनाएको छ।