माओवादीले खबरदारी सभा गर्दा सरकार थुरथुर काम्यो : हितमान शाक्य

नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले माओवादीले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् ।

शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सचिव शाक्यले माओवादीले सामान्य खबरदारी सभा गर्दा सरकार थुरथुर काम्दै आफ्नो अवसान देखेको आरोप लगाए ।

उनले डराएको सरकारले सडकबाट सरकार परिवर्तन हुनसक्ने विज्ञप्ति निकालेको बताउँदै माओवादीको सरकार बदल्ने अभियान नभएको बताए ।

पार्टी अध्यक्ष प्रचण्डले आफ्नो कार्यकालमा समयमा पाठ्यपुस्तक पुर्‍याउने, सरकारी कार्यालयमा लाइन बस्न नपर्ने व्यवस्था जता काम गरेको, भ्रष्टाचारको विरुद्धमा सम्पूर्ण फाइल खोल्ने अभियान चलाएपछि सरकार ढालिएको उनले बताए ।

प्रचण्डले राम्रो काम थालेको, भ्रष्टाचारीलाई पक्राउ गर्न जारी राखेपछि सरकार परिवर्तन भएको बताउँदै उनले बिचौलिया र लुटेरा वर्गले अहिलेको सरकार बनाइदिएको टिप्पणी गरेका छन् ।