विश्वकप लिग–२ : स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हरायाे

 विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा अल आउट हुँदै १४४ रन बनाएको थियो ।

अमेरिकाका लागि शाड्ली भान शाल्कवीकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

स्कटल्याण्डका ब्राड कुरीले ४ विकेट, ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए ।

यो जितपछि स्कटल्याण्ड लिग–२ मा ८ खेलबाट ११ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

अब सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।