धारिलो हतियार प्रहार गरी २९ वर्षीय युवकको हत्या

 नवलपुरमा गए राति धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

देवचुली-९ विशालटार निवासी २९ वर्षीय मिलन मानन्धरको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले जानकारी दिए । मानन्धनरलाई देवचुली-९ निवासी ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् ।

गए राति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती-१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

हत्याको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।