जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 जीप दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु भएको छ।

रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्वरको जीप आज बिहान तुलसीपुर–३ साततलेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षिय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षिय सुरेश खड्काको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जीपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेका छन् ।