लाखौं मूल्यको अवैध चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

 लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ।

भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनार गहनासहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले  जानकारी दिए

विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा  शुक्रवार सीमावर्ती भारतीय बजार बैरगनियाबाट आउँदै गरेका साहमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो। मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको ७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना चेकजाँचमा बरामद गरिएको प्रवक्ता रायले बताएका छन्। 

गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कनसहित आरोपी साहलाई गहना मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।