रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।

नेता झाका अनुसार केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो ।