सहकारी प्रकरणमा निष्पक्ष छानबिन भइरहेको छ, कामकारबाहीमा प्रभाव नपारै : सत्तारूढ दल

सत्तारूढ दलले सहकारी रकम अपचलनको छानबिन समितिको सिफारिसअनुसार भइरहेको कामकारबाहीमा प्रभाव नपार्न आग्रह गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ”सरकारले सहकारी छानबिन समितिको आधारमा कामकारबाही गरिरहेको छ, अदालती प्रक्रियालाई अनुचित प्रभाव नपार्न अनुरोध गर्दछौँ ।” निष्पक्ष रूपले छानबिन भइरहेको उनले बताए ।

यसअघि गत बुधबार बसेको बैठकले पनि रास्वपालाई लक्षित गर्दै अदालती प्रक्रियालाई प्रभाव नपार्न भनेको थियो ।