एसिसी मेन्स इमर्जिङ कप टि २० क्रिकेटमा भारत ए माथि अगफगानिस्तान एकाे जित

ओमानमा जारी एसिसी मेन्स इमर्जिङ कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए माथि जित हात पारेको छ ।

ओमानको मस्कटमा भएको इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ए ले अफगानिस्तान ए सँग २० रनले पराजित भयो ।

अफगानिस्तान ए ले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १ सय ८६ रन मात्र बनाउन सक्यो । भारत ए का लागि रमनदिप सिंहले ३४ बलमा सर्वाधिक ६४, आयुश बदोनीले २४ बलमा ३१, निशान्त सिन्धुले १३ बलमा २३ तथा प्रभसिमरन सिंहले १३ बलमा १९ रन जोडे । अफगानिस्तानका लागि अल्ला गजन्फर र अब्दुल रहमानले समान २ तथा शरफुरदिन असरफले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार गरेको थियो । अफगानिस्तानका लागि ओपनर सिदिकउल्लाह अतलले ५२ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८३ रन बनाएका थिए ।

अर्का ओपनर जुबदी अकबरी र अतलले पहिलो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए । अकबरीले ४१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६४ रन जोडेका थिए । करिम जन्नतले २० बलमा ४१ रन जोडे । भारतका लागि रसिक सलामले ३ विकेट लिए ।

जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा स्थान बनाएको छ । पहिलो सेमिफाइनलमा जित हात पार्दै श्रीलंका ए ले फाइनलमा स्थान बनाइसकेको छ । श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गरेको हो । फाइनल खेल आगामी आइतवार हुनेछ । ।

नेपाल प्रिमियर लिगमा सहभागी हुन २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध

नेपाल प्रिमियर लिगमा सहभागी हुन २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध

भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन १४ विकेट पतन

भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन १४ विकेट पतन

नेपाल प्रिमियर लिग : नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस काठमाडौं गुर्खाजबाट खेल्ने

नेपाल प्रिमियर लिग : नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस काठमाडौं गुर्खाजबा…

नेपाल प्रिमियर लिग :  दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्ससँग ३ वर्षको सम्झौतासहित आवद्ध

नेपाल प्रिमियर लिग : दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्ससँग ३…

पाकिस्तानका  ४२ जना क्रिकेटरमा  नेपाल प्रिमियर लिग खेल्ने चाहना(सुचिसहित)

पाकिस्तानका ४२ जना क्रिकेटरमा नेपाल प्रिमियर लिग खेल्ने चाहना(सुचिसहित)

भारत र न्युजिल्यान्डको दोस्रो टेस्ट क्रिकेटमा दर्शकका लागि पिउने पानीको समस्या,  २० जना समर्थकलाई अस्पताल भर्ना

भारत र न्युजिल्यान्डको दोस्रो टेस्ट क्रिकेटमा दर्शकका लागि पिउने पानीको समस्या, …

नेपाल प्रिमियर लिग : अमेरिकाका जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट खेल्ने

नेपाल प्रिमियर लिग : अमेरिकाका जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट खेल्ने

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै