गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण

काठमाडौँ, ९ कात्तिक: गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताएका हुन् । 

गृहमन्त्री लेखकले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए । उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गरे । 

उनले भने, ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरू छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो ।’ 

गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमति निर्माण गरेर गरिने बताए ।