सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको नामबाट आएको इमेलबारे अनुसन्धान सुरू

 गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको नामबाट आएको इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका छन् ।

सत्तारुढ सात दलको बैठकमा जीबी राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गर्दै लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लू हुनसक्ने बताए ।

‘यो इमेल स्क्याम जस्तो देखिन्न, साइबर ब्यूरोले यसबारे अनुसन्धान गरिरहेको छ भनेर जानकारी दिनु भएको छ ‘, उनले भने ।