रास्वपाले आन्दोलन जारी राख्ने, आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने

 राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ भने आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने जनाएकाे छ ।

आज केन्द्रीय कार्यालयमा अपरान्ह ४:३० बजे देखि बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि स्वरुपबारे छलफल गरिने झाले स्पष्ट पारे । आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताए । उनले भने, ‘आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’

सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरेको थियो । विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाइसकेको छन् । चर्काे आलोचनासँग सभापति लामिछानेको हिरासत बसाइँ लम्बिने भएपछि रास्वपाले आन्दोलनको स्वरूपबारे छलफल थालेको हो ।