माओवादी निकट एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौँ, ९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि रु आठ लाख सहयोग गरेको छ ।

मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाललगायतको प्रतिनिधिमण्डलले आज अध्यक्ष दाहाल निवास खुमलटार पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

अध्यक्ष दाहालले बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले उद्धार, राहत सहयोग तथा पुनःस्थापनाका काममा गरिरहेको र यसमा अखिल भारत नेपाली एकता मञ्चलगायत प्रवासका पार्टी कमिटीको योगदानका लागि धन्यवाद दिनुभयो ।