अखिल क्रान्तिकारीले टर्च बालेर खाेज्याे सरकार

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले टर्च बालेर सरकारको खोजी गरेको छ । 

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च बालेर सरकार खोज्दै मार्च प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट सुरु भएर पुतलीसडक हुँदै फेरि बागबजारमा समापन भएको हो ।