कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थपिए

 नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा शुक्रवार १० सदस्य मनोनयन गरेका हुन् ।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ) छन् ।

त्यस्तै इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।