सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा जीबी राईका साझेदार खनाल पक्राउ

सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ।

तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

नेचर हर्ब्स इनटरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन्।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको बोगटीले बताए।