याे भैँसीले बाघ मारेको देशमा सचेत रहनुस् : विराजभक्त श्रेष्ठ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए । 

“यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” श्रेष्ठले भने, “९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?”

उनले विकृति र विसंगति रोकेर सुशासन ल्याउनुपर्ने सरकार रवि लामिछानेलाई फसाउन लागिरहेको पनि आरोप लगाए ।