बक्यौताको पहिलो किस्ता तिरेपछि दुई उद्योगको काटिएको बिजुली पुनः जोडियाे

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दुई उद्योगको काटिएको बिजुली पुनः जोडिदिएको छ। 

जीबी टेक्स्टाइल र जीबी टेक्स्टाइलले बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ।  यी दुवै उद्योग बुटवल वितरण केन्द्रअन्तर्गतका रहेका छन्। 

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिएर महशुल नतिरेको भन्दै ताकेता गर्दै आएको थियो। ताकेताको बेवास्ता गर्दै महशुल नतिरेपछि पुनः लाइन नै काटिदिएको थियो। 

दुई उद्योगले क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार रुपैयाँ बक्यौताको पहिलो किस्ता शुक्रबार बुझाएलगत्तै प्राधिकरणले लाइन जोडिदिएको हो।  बिहीबार प्राधिकरणले बक्यौता रहेका ३४ उद्योगको बिजुली काटिदिएको थियो।