कांग्रेसका सांसद शर्माको केएमसीमा निःशुल्क शल्यक्रिया गर्न सर्लाहीबाट आए ९० बिरामी

 नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा निःशुल्क शल्यक्रिया गर्नका लागि सर्लाहीबाट बिरामीहरु आएका छन् । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार गत सोमबारदेखि सर्लाहीबाट बिरामीहरु शल्यक्रियाका लागि आउने क्रम जारी रहेको छ । 

अहिलेसम्म ९० जना आइसकेका छन् भने आउने क्रम जारी नै रहेको छ । पछिल्लो पटक सर्लाहीको बरहथवा नगरपालिकाबाट बिरामी आएका हुन् ।  उनीहरुको शल्यक्रिया सबै निःशुल्क हुने उनले बताए । औषधि भने बिरामीले किन्नुपर्ने उनले बताए ।   केही समयअघि केएमसीको टोलीले सर्लाहीका विभिन्न पाँच स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा शल्यक्रिया गर्नुपर्ने भनी रेफर गरिएका बिरामीहरु अहिले आएका हुन् । 

हिरापुर, बलरा र कौडिन्याबाट पनि बिरामीहरु शल्यक्रियाका लागि आएका छन् ।  त्यसैगरी सप्तरीबाट पनि शल्यक्रियाका लागि बिरामीहरु आउने क्रम हुन शुरु हुन थालेको छ । 

. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ भने शल्यक्रिया पनि निःशुल्क गर्दै आएको छ ।