जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिए

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् ।

महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई हटाएर जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको हो ।जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पठाइएको छ ।