राजेन्द्र महतोको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता गराउँदै

राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ ।

तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको नामबाट दर्ता हुने सो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुने बताइएको छ । हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।

उनी यसअघि नेपाल सद्भावना पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा सदभावना पार्टी गठन गरेका थिए । राजपा, जसपा, लोसपा हुँदै अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति नेपाल पार्टी दर्ता गराउन लागेका छन् । यो पार्टीले बहुल राष्ट्र निर्माणका लागि आन्दोलन गर्नेछ । यसअघि राजेन्द्र महतो मधेश केन्द्रित आन्दोलनमा सक्रिय थिए तर अब उनले राष्ट्रिय मुद्दाको अभियान थाल्ने भएका छन् ।