नेपाल राष्ट्र बैंकद्वारा स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि(सुचिसहित)

नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।

सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।

नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ । त्यस्तै, महाशाखाका अनुसार टक्सार यान्त्रिकीकरणको प्रति १० ग्रामको ४४ सय, गाई मेडालियनको २५ ग्रामको ५५ सय, र गाई मेडालियन प्रति १० ग्रामको २२ सय रुपैयाँ पर्ने भएको छ ।