कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही निर्मल पुर्जालाइ विमानस्थलमा भव्य स्वागत

इण्डोनेसीयाको कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही निर्मल पुर्जा नेपाल फर्किएका छन्। शुक्रबार पुर्जा नेपाल फर्किएका हुन्। 

उनले कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन्। कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरू मध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ। कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर, निर्मल पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन्।

केवल २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान भर्खरै सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए। त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन्।

यसका अलावा निर्मल पुर्जा विश्वको एक मात्र यस्ता पर्वतारोही हुनुहुन्छ जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजन सहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका  छन्। सन् २०१९ को अप्रिल २३ बाट सुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पुरा भएको हो।