अन्य दिन लगातार बढ्दै नयाँ कीर्तिमानी राखेकाे सुनकाे मूल्य आज स्थिर

काठमाडौँ, ९ कात्तिक :याे साता एकदिन (बिहीबार) बाहेक अन्य दिन लगातार बढ्दै नयाँ कीर्तिमानी राखेकाे सुनकाे मूल्य प्रतिताेला १ लाख ६६ हजारमा पुगेर राेकिएकाे छ ।

नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहेको छ । आज सुन हिजोकै मूल्यमा अर्थात् १ लाख ६६ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने २५ रूपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे बिहीबार घटेकाे सुनकाे मूल्य साताकाे अन्य दिन लगातार बढेकाे थियाे ।