एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ । बुधबार भएको खेलमा नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित भयो । कतारले भने मंगोलियालाई पराजित गरेको छ ।

समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन् ।