नाबालिकलाई करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई नाबालिकलाई करणी गरेको आरोपमा पक्राउ गरेको हो । 

नाबालिकलाई परियारले ललाइफकाइ तथा डर त्रासमा पारी करणी गरेको भन्ने उजुरीको आधारमा प्रतिवादी परियारलाई पक्राउ गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । 

परियारलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।