सत्ता गठबन्धनको बैठक आज बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । यसअघि बुधबार बसेको बैठकले सत्तारुढ दलहरुको भावी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।