छोराले आत्महत्या गरेपछि आमाले हालिन् एआई कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ, ९ कात्तिक:  अमेरिकामा एक महिलाले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटले आफ्नो छोरालाई आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै मुद्दा हालेकी छन् । क्यारेक्टरडटएआईको च्याटबटसँग आफ्नो छोरा लतमा लागेको भन्दै ती महिलाले मुद्दा हालेकी हुन् ।

फ्लोरिडाको संघीय अदालतमा दायर मुद्दामा मेगन गार्सियाले क्यारेक्टरडटएआईले आफ्नो छोरा सेवेल सेटजरलाई मानवविज्ञान, हाइपरसेक्सुअलाइज्ड र डरलाग्दो यथार्थजस्तो अनुभव दिई लक्षित बनाएको आरोप लगाएकी छन् ।

कम्पनीले च्याटबटलाई वास्तविक मान्छे, लाइसेन्सप्राप्त मनोविज्ञ र युवाप्रेमीका रूपमा प्रस्तुत गरी सेवेललाई बाहिरको संसारमा बाँच्न नचाहन बाध्य पारेको उनले बताएकी छन् ।

उनका छोराले आत्महत्याको विचार च्याटबटसँग सेयर गर्दा च्याटबटले त्यसलाई पटक–पटक दोहोर्‍याएर देखाएको उनको भनाइ छ ।

ती महिलाले क्यारेक्टरडटएआईका संस्थापकले पहिले काम गरेको गुगलविरुद्ध पनि मुद्दा दायर गरेकी छन् । रोयटर्सबाट ।